Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

कृषि विश्वविद्यालयका विद्यार्थी समूहलाई स्टार्टअप अनुदान


चितवन – चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप बिजनेस अनुदान प्रदान गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्रत्येक समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी दिइएको हो।

छानिएका विद्यार्थी समूहले मोरिङ्गा पाउडर, पूर्वको धुले अचार, सजावटी बिरूवाको टिस्यू कल्चर, एग्री अर्गानिक भर्मिवास, ट्राइकोभर्मी कम्पोष्ट र जिरो वेष्ट फिस प्रोडक्ट जस्ता व्यवसायिक योजना प्रस्तुत गरेका थिए। प्रारम्भिक रूपमा १२ समूहलाई बुट क्याम्प तालिममा सहभागी गराइ, उत्कृष्ट ६ समूहलाई अनुदान दिइएको हो।

विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाले विद्यार्थीलाई रोजगारी खोज्ने मात्र नभई रोजगार दिने क्षमता विकास गर्न प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको बताए। रजिष्ट्रार प्रा.डा. पुष्कर पालले आवश्यक अनुसार थप मेन्टरसिप र बीउ पूँजी उपलब्ध गराइने जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट