सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै ३ लाख १८ हजार ८ सय
काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। पछिल्ला पाँच दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला ९ हजार ५ सय रुपैयाँ र चाँदीको मुल्य तोलामा ४ सय ३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ सय ३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्यले पनि मंगलबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया