Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

डोल्पामा हिमपात र वर्षाका कारण डोल्पामा सञ्चार सेवा अवरुद्ध


काठमाडौं । हिमाली जिल्ला डोल्पामा लगातारको हिमपात र वर्षा भएपछि सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमका टावरमा विद्युत आपूर्ति बन्द भएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।

मंगलबार रातिदेखि निरन्तर वर्षा र हिमपात भएका कारण जिल्लाको मुड्केचुला गाउँपालिकामा रहेका दुईवटा टावर, जगदुल्ला गाउँपालिकाको डाँडामा रहेको टावर तथा त्रिपुरासुन्दरी नगरपालिका(१ त्रिपुराकोटको न्युने डाँडाका टावरमा पावर आपूर्ति बन्द भएको हो ।

टावर भएका क्षेत्रमा विद्युत आपूर्ति नहुँदा र लगातार घाम नलाग्दा सोलार सिस्टममा चार्ज नभएका कारण सञ्चार सेवा अवरुद्ध भएको हो ।

उक्त स्थानमा रहेका टावरमा अन्य कुनै प्राविधिक समस्या नरहेको र मौसममा सुधार आएपछि सोलार प्रणाली चार्ज भई सेवा पुनः सञ्चालन हुने जनाइएको छ ।

यस्तै प्रतिकूल मौसम निरन्तर रहेमा काइके गाउँपालिकालगायत जिल्लाका अन्य स्थानमा रहेका टावरहरू समेत बन्द हुने र थप क्षेत्र सञ्चारविहीन बन्न सक्ने सम्भावना रहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट