बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या, ३ जना घाइते
काठमाडौं । बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको छ । बुबासहित तीनजना घाइते भएका छन् ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् ।
एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको जनाइएको छ । घटना आज बिहान करिब ३ बजेको हो ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया