नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बताए । यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् । उनको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया