Techie IT
Samayabaddha
आईतबार, १८ माघ, २०८२

वीरगञ्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो


वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँ मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा १ अर्ब ८० करोड रुपैयाँँ बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक बर्षको छ महिनाको तुलनामा चालु आर्थिक बर्षको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए। जबकि गत आर्थिक बर्षको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोड रुपैयाँँको आयात भएको थियो । चालु आर्थिक बर्षको छ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँँको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा १ अर्ब १७ करोड रुपैयाँँ मूल्य पर्ने सिमी÷राज्मा आयात भएको छ । चालु आर्थिक बर्षको छ महिनामा १ अर्ब १४ करोड रुपैयाँँ मूल्यको चना आयात भएको छ ।

त्यसैगरी, १ अर्ब रुपैयाँँ मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोड रुपैयाँँ बराबर रहरको दाल र १६ करोड रुपैयाँँ मूल्यको केराउ आयात भएको छ । त्यस्तै ५ करोड १० लाख रुपैयाँँ मूल्यका बकुल्लाको आयात भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट