Techie IT
Samayabaddha
बुधबार, २१ माघ, २०८२

नयाँ संसद् भवन परिसरमा जेनजी शहीदका शालिक निर्माण हुने


काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सालिक बनाउने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको छ ।

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरूको प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो ।

नयाँबानेश्वरस्थित संसद भवनमा समेत आगजनी भएकाले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनलाई आगामी फागुन २१ गते हुने निर्वाचनपछि प्रयोग गर्ने तयारी भइरहेको छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट