कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः आयो सञ्चालनमा
काठमाडौं। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।
आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडका काण यो सुपर मार्केटको भवनमा ठुलो क्षति पुगेको थियो । करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् आजबाट सुपरमार्केट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको यो भवनको पाँच तले संरचना ६० दिनमै तयार भएर आजदेखि सञ्चालनमा आएको हो ।
उपत्यकाभित्रका बौद्ध, नक्साल, कोटेश्वर र महाराजगञ्जक सहित ५ स्टोरमा आगजनी र लुटपाट भएको थियो । उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोर पनि जले। यीबाहेक अरू ९ वटा आउटलेटहरू पनि निशानामा परेका थिए।
व्यवस्थापनका अनुसार लुटपाट र आगजनीबाट कुल १० अर्ब ८५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। व्यवस्थापनले यसअघि गत् मंसिर १८ मा बालुवाटारस्थित वेयर हाउस पनि सञ्चालनमा ल्याइसकेको छ । अब केहि समयपछि महाराजगञ्ज स्टोर पनि पुनः सञ्चालनमा ल्याउन लागिएको छ ।
खोटाङको सामान्य परिवारमा जन्मिएर बैंकको जागिर छाडेर व्यवसायमा होमिएका उनले २०४१ सालमा महाराजगञ्जमा १२० वर्ग फिटको सानो सटरबाट भाटभटेनी सुपरस्टोरको सुरुआत गरेका थिए ।
भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि विध्वंश नहोस् भनि भगवानसँग प्रार्थना गरे । उनले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम भएको घटना दुःखद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताए ।
प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने समेत बताए । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा करिब प्रत्यक्षतर्फ ११ अर्ब रुपैयाँबराबरको क्षति भएको थियो ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया