पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलितटर तीन रुपैयाँले बढाएको हो। नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु भएको छ।
यस अनुसार अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य १५४ रुपैयाँ ५० पैसा कायम भएको छ भने दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम भएको छ।
त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।

क्याटेगोरी :
समाचार



















प्रतिक्रिया