कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख १४ देखि (तालिकासहित)
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ ।
यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि हो । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरु सहभागी हुन पाउने छन् ।
वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने बोर्डले उहाँले जानकारी दिए ।
यसवर्ष कक्षा १२ मा नियमित तर्फ ३ लाख ६० हजार परीक्षार्थी सहभागी हुने जानकारी दिए । गत वर्ष कक्षा १२ मा नियमित तर्फ ३ लाख ९६ हजार ३४७ र आंशिक तर्फ १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।
हेर्नुहोस् कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका–

क्याटेगोरी :
समाचार


















प्रतिक्रिया