बनेपामा टिपर ठक्करपछि बन्द अरनिको राजमार्ग पुनः सञ्चालन
काठमाडौं । बुधबार बिहान बनेपास्थित अरनिको राजमार्गमा भएको दुर्घटनापछि बन्द रहेको सडक पुनः सञ्चालनमा आएको छ। धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको स्कुटरमा टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको थियो।
घटनापछि स्थानीयवासीहरूले आक्रोश व्यक्त गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। आक्रोशितले ठक्कर दिने टिपर जलाउने प्रयास समेत गरेका थिए।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मीको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा राख्न प्रहरीले अश्रु ग्याँस प्रहारसमेत गरेको थियो।
सुरक्षाकर्मीको परिचालनपछि राजमार्ग सञ्चालनमा फर्किएको छ, तर क्षेत्र अझै तनावपूर्ण रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया