चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना , २४ जना घाइते
काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको हो ।
नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया