Techie IT
Samayabaddha
आईतबार, १० फागुन, २०८२

गौरको तनाव रोक्न २३ जना पक्राउ


काठमाडौं । गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

तनावका कारण शनिबार दिउँसो १ बजेबाट शुरु भएको कर्फ्यु प्रशासनले अझै जारी राखेको छ । बिहीबार साँझ दुई पक्षबीचको विवादबाट शुरु भएको झगडाका कारण गौर तनावग्रस्त बनेको थियो ।

अवस्था संवेदनशील रहेकाले गौर नगरक्षेत्रमा आठ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट