Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर २४ जना घाइते भएका छन्।

राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । यस्तै घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट