Techie IT
Samayabaddha
बुधबार, १३ फागुन, २०८२

निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो ग्यास आयात, एकैदिन भित्रियो १३८ बुलेट


काठमाडौं । काठमाडौंमा आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ।

निगमका अनुसार निर्वाचन अवधिमा बढ्न सक्ने सम्भावित मागलाई ध्यानमा राखी ग्यास आयातको परिमाण उल्लेख्य रूपमा बढाइएको हो।

इन्डियन आयल कर्पोरेसन बाट मंगलबार नेपालका लागि यस वर्षकै सबैभन्दा धेरै ग्यास लोड भई नेपालतर्फ प्रस्थान गरेको जनाइएको छ।

मंगलबार मात्रै विभिन्न डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ ।
जुन करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो।बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड भएको छ ।

कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगम सचेत रहेको र आपूर्ति व्यवस्थालाई नियमित बनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट