बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर फेरि काठमाडौं फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको ५ मिनेटभित्र पुन काठमाडौंमा नै अवतरण भएको हो ।
हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो ।
खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको छ ।
बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया