महोत्तरीमा रोकिएको मतदान सुरु
काठमाडौं । महोत्तरीमा वडाध्यक्षले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान पुनस् सुरु भएको छ ।
बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा बर्दिबास–७ का स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खाजेका थिए ।
त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्ताहरूले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । सो क्रममा उनको नाकमा चोट लागेको थियो ।
यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको थियो । अहिले छलफलपछि १२:३९ बजेबाट पुन मतदान सुरु भएको हो ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया