मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको छ ।
मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया