काठमाडौं–६ मा रास्वपाका खनालको २० हजारभन्दा बढी मत
काठमाडौं । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ः०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले पाँच हजार १२७ र नेकपा (एमाले) का अमन मास्केले तीन हजार सात मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया