उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण
काठमाडौं । उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ ।
खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जनाइएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका रहेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया