विश्वमै पहिलो पटक बुद्ध एयरको एटीआर-७२ जहाजको बिदाइ
काठमाडौं । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन नाइन एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ। एटीआर-७२ जहाजको अधिक्तम उडान क्षमता ७२ हजार साइकल हो। ‘
यो एटीआर-७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो। यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट-काठमाडौंसम्म गरिएको थियो। १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो।
बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको जनाइएको छ ।
यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुध्द एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।
क्याटेगोरी :
समाचार



















प्रतिक्रिया