Techie IT
Samayabaddha
शुक्रबार, २९ फागुन, २०८२

हिमालय एयरलाइन्सले तीन गन्तव्यको टिकटको सबै पैसा फिर्ता गर्ने


काठमाडौं । हिमालय एयरलाइन्समा टिकट काटेर उड्न नपाएका यात्रुलाई कम्पनीले टिकट पूर्णफिर्ता सुविधा उपलब्ध गराएको छ ।

हिमालय एयरलाइन्सले बिहीबार सूचना प्रकाशित गर्दै रियाद, दमाम र दोहातर्फका सबै उडान अस्थायी रूपमा रद्ध हुँदा यात्रुले टिकटको पूरै रकम फिर्ता पाउने जनाएको छ ।

टिकट पूर्णफिर्ता गर्न यात्रुलाई टिकट जारी गर्ने निकाय, एयरलाइन्स कार्यालय वा ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ । मध्यपूर्वमा युद्धका कारण आकास बन्द गर्नुपरेको छ । यसले यस क्षेत्रको हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट