नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा रविन शेरचन,प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने र महासचिवमा डा. चिरञ्जीवी खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, संघको कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना र प्रवक्तामा सोम सापकोटा चयन भएका छन् ।
महाधिवेशनले २१ जना खुला उपाध्यक्षसहित महिला र युवा गरी कुल २३ जना उपाध्यक्ष चयन गरेको छ । उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने, रामशरण सिंखडा,मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, लोकप्रसाद दाहाल, प्रविन गुरुङ,विश्वदीप तिगेला,बुद्धि सुवेदी,रोशन थापा, चिन्तामणि सापकोटा, जुनु गुरुङ, टंकप्रसाद गैरे, तिलक गैरे, दधिबल खड्का र दिनेश पोखरेल रहेका छन् । त्यसैगरी, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, कमलमणि गुरागाईं,भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । महिला उपाध्यक्षको जिम्मेवारी राधिका गुरुङ ‘टिका’ र युवा उपाध्यक्षको जिम्मेवारी भिमसेन थापाले पाएका छन् ।

यसैगरी, कार्यसमितिमा ६ जना उपमहासचिव र १४ जना सचिव चयन भएका छन् । उपमहासचिवहरूमा राजेन्द्र अर्याल,स्वतन्त्र प्रताप शाह,अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल रहेका छन् । यस्तै, सचिवहरूमा मोहम्मद मुक्तदा मुसलमान, अभिमन्यु बस्नेत, रमेश भट्ट, सुजन केसी खत्री, दिपेश खत्री, माधव दुलाल, भवानी प्रसाद तिम्सिना, मदनराज पौडेल, प्रसुन्ना कडेल, शिव प्रसाद पौडेल, सुजन अधिकारी, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल निर्वाचित भएका छन् भने महिला सचिवमा अमृता थापा कञ्चन चयन भएकी छन् ।
संघको सह–कोषाध्यक्षमा अब्दुल बासिद र विमल सुवेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएका छन् । त्यसैगरी, महिला संयोजकमा रश्मि थापा, युवा संयोजकमा नविन निउरे र दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्वाचित भएका छन् ।
विभिन्न क्षेत्रका लागि क्षेत्रीय संयोजक र उप÷सह–संयोजकहरू पनि तोकिएका छन् । क्षेत्रीय संयोजकहरूमा अफ्रिकाबाट मनोज विक, अमेरिकाबाट भुवन खरेल, एसिया प्यासिफिकबाट दिपक प्रसाद कडेल, युरोपबाट रोबर्ट लिम्बु, मध्यपूर्वबाट रमेश श्रेष्ठ र ओसेनिया (अस्ट्रेलिया) बाट रमेश जोशी निर्वाचित भएका छन् । यस्तै, क्षेत्रीय उप/सह–संयोजकहरूमा अमेरिकाबाट नेत्र पाण्डे र सम्राट थापा, एसिया प्यासिफिकबाट लाल सिंह खड्का,भबिन्द्र बस्नेत र छत्र बहादुर दाहाल, युरोपबाट तिलकराम भट्टराई, मध्यपूर्वबाट विकास शाही, विकल झा, विश्वनाथ श्रेष्ठ र करिम बक्स मिया तथा ओसेनियाबाट छविप्रसाद सापकोटा, सिके भुसाल र हेमन्त काफ्ले चयन भएका छन ।
क्षेत्रीय महिला नेतृत्वतर्फ एसिया प्यासिफिक संयोजकमा संगीता अधिकारी, युरोप संयोजकमा बाबा राजेश्वरी थापा र मध्यपूर्व संयोजकमा सरिता भण्डारी चयन भएका छन् । युरोप महिला सह–संयोजकमा राधा सिग्देल किरण र मध्यपूर्व महिला सह–संयोजकमा मन्जु मल्ल रहेका छन् । यसैगरी, क्षेत्रीय युवा संयोजकहरूमा एसिया प्यासिफिकबाट राम थापा ‘अनिल’, युरोपबाट शिव सागर बुढाथोकी र मध्यपूर्वबाट सुजन सापकोटा निर्वाचित हुँदा क्षेत्रीय युवा उप–संयोजकमा युरोपबाट अम्मन गौचन र मध्यपूर्वबाट बासुदेव सापकोटा चयन भएका छन् ।
प्रतिक्रिया