Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

प्रदर्शनको तयारीका लागि कांग्रेसले तोक्यो उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि


नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।

काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला र सरिता प्रसाईंलाई तोकिएको छ ।

ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । भक्तपुरका २ क्षेत्रका लागि इन्द्र बानियाँ र गणेश लामा प्रतिनिधि बनेका छन् ।

पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी, कार्यकताई प्रशिक्षित गर्नेछन् । ‘कांग्रेस सडकमा जानु पर्नाको कारण कार्यकर्तालाई जानकारी गराएर क्षेत्रबाट बढीभन्दा साथीहरुलाई विरोध प्रदर्शन गर्ने हाम्रो कार्य हुन्छ,’ काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि केन्द्रीय सदस्य नैनसिंह महरले भने ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट