Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

प्रचण्ड भारत जानुअघि बालुवाटार पुगेर भेटे ओलीले


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आइतबार बिहान (लगभग साढे १० बजे) प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटमा समसामयिक राजनीतिक, बजेट, प्रदेश सरकार लगायतका विषयमा छलफल भएको हो।

त्यस्तै, प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान गर्दैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सभागी हुन प्रचण्ड दिउँसो १ बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

त्यसअघि ओलीले प्रचण्डसँग भेट गरेका हुन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट