Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

करातेकी सोनी राईले प्राप्त गरिन् तेस्रो डानको उपाधी


काठमाडौं, १९ वैशाख । दुबईमा बिगत दुई वर्षेदेखि कराते प्रशिक्षण गराउँदै आएकी खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताकासाथ जेकेए सोतोकान करातेको तेस्रो डान उपाधी प्राप्त गर्न सफल भएकी छन् ।

दुबईको कराते ३६५ क्लबमा आबद्ध भएर कराते प्रशिक्षण गराइरहेकी सोनीलाई जापानबाट आएका कराते सेन्से सिहान कोइचिरो ओकुमाले डान प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

यसघि नेपाल पुलीस क्लबमा आबद्ध राईले ९ औं राष्ट्रिय गेममा स्वर्ण पदक, प्रथम मेयर कप २०२२ मा स्वर्ण पदक, प्रथम र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक लगायत बिभिन्न राष्ट्रिय खेलहरुमा पदक जित्न सफल भएकी थिइन् ।

त्यसैगरी २०२४ मा दुबईको इकोनोमी र पर्यटन विभाग तथा दुबईका युवराज, शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूमद्वारा प्रवर्धन गरिएको दुबई फिटनेस च्यालेन्जमा कोचको भुमिका निर्वाह गर्दै सफलताका साथ कराते प्रशिक्षण गराएकी थिइन् । राई नेपालका तर्फबाट कराते प्रशिक्षण गराउँने पहिलो नेपाली कराते कोच बन्न सफल भएकी थिइन्


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट