अन्तर्राष्ट्रिय भलिवल खेलाडी बद्री प्रकाश श्रेष्ठको निधन

रेसुङ्गा, २० वैशाख । गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिवल खेलाडी ५५ वर्षीय बद्री प्रकाश श्रेष्ठको निधन भएको छ । लामो समयदेखि लिभरको समस्याले बिरामी भएका श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशका भलिवल प्रतियागीता खेलेका श्रेष्ठको निधनले जिल्लावासी शोकमा डुवेका छन् । उनका श्रीमती र छोराछोरी रहेका छन् ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टिको तयारी भइरहेको अस्पतालमामा रहेका गगन केसीले जानकारी दिए । देशकै भलिवल खेलको विकासमा योगदान पुर्याएका श्रेष्ठको निधनले निकै स्तब्ध बनाएको जिल्ला भलिवल संघ गुल्मीका महासचिव नारायण आचार्यले बताए ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया