Techie IT
Samayabaddha
बुधबार, ६ फागुन, २०८२

आईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि जित हात पारेको छ। मंगलबारराती मुम्बइको वानखेडे स्टेडियममा सम्पन्न समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले जित दर्ता गरेको हो।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो। समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन। समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै नेपालले जारी विश्वकपमा शान्त्वना जित हात पार्यो। २०२४ मा विश्वकप खेल्दा नेपालले जितविहीन यात्रा टुङ्ग्याएको थियो।

जारी विश्वकपको समुह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार भोगेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले सात विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । सो लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि दीपेन्द्र सिहं ऐरिले २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो।

यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए। गुल्सनले १७ बलमा १ चौका र २ छक्का सहयोगमा २४ रनमा अविजित रहे।
चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो।

ओपनर कुशल भुर्तेल ३५ बलमा १ चौका ६ छक्का सहयोगमा ४३ रन बनाए । अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाए । कप्तान रोहित पौडेल १४ बलमा १ चौका मद्दतमा १६ रन जोडे ।स्कटल्यान्डका माइकल लिस्कलले ३० रन खर्चेर तीन विकेट लिए ।

स्कटल्यान्डलाई मध्यम स्कोरमा रोक्न नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया


ताजा अपडेट