संशोधनवादको जन्म र विकास
हस्तबहादुर केसी
माक्र्सवादको जन्मसँगै संशोधनबादको पनि जन्म भएको हो । संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ ।
संशोधनवादको सङ्घर्ष पहिलो इन्टरनेसनल कालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो भने दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा परिणत भइसकेपछिको अवस्थामा खुलेर प्रकट भएको थियो । त्यस्तै, तेस्रो अन्तर्राष्ट्रियदेखि यता माक्र्सवाद–लेनिनवाद–माओवादको विकाससितै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद समेत विभिन्न रूपमा प्रकट हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रकट हुँदै आएका सबैखाले संशोधवादको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । नवसंशोधनवाद सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा प्रकट भएको छ र यसले वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई समेत गम्भीर क्षति पु¥याइरहेको छ । नेपालमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण दुईलाइन सङ्घर्ष तथा विचारधारात्मक अन्तर्सङ्घर्ष चल्दै आएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट पैदा गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात् दुई गुणात्मक ढङ्गले भिन्न सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।
माक्र्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो यसका तीन सङ्घटक अङ्ग छन् । ती हुन्ः दर्शन, राजनीतिक, अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानव जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग– वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरूद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसित सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद र माओवादका रूपमा विकसित भएको छ । यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो ।
माक्र्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन्, त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवादको जन्मको लगत्तै पु्रंधो जस्ता अवसरवादीहरूको जन्म भयोे । माक्र्सवादलाई पुरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हुन् ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद–नवसंशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यी सबैखाले संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाका परिणाम हुन् जसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै सबैखाले संशोधनवादहरूले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछन् । सामाजिक र सैद्धान्तिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछन् । ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्न पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ल्यान्डबाट भएको होे । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स–एङ्गेल्सले उद्घाटन गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो ।
संशोधनवादले माक्र्सवादका सङ्घटक अङ्गको बारेमा दर्शन, राजनीति अर्थशास्त्र र समाजवाद तीनवटै सङ्घटक अङ्गलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा कान्टवाद, पत्यक्षवाद, अनुभववाद, व्यावहारिकतावाद, सङ्कल्पवाद, भँडुवावाद, विकासवाद र नानाथरिका विचारपन्थी सारसग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरूद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी सङ्कट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरूद्ध अराजक स्वतः स्फुर्तवादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु यसका मूलभूत पक्ष हुन् ।
समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तको विरूद्ध वर्गसमन्वय पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दछ र मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउने यसका मूल विशेषता हुन् । हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी माक्र्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ, त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ ।
सर्वहारा क्रान्तिको विकास वर्ग दुश्मनहरू, उनीहरूको विचारधारा तमाम अराजकतावादी तथा अवसरवादीहरू र नवसंशोधनवादीका विरूद्धको भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको दुईलाइन सङ्घर्षका बिचबाट निकै जटिल, सङ्गीन र ओजपूर्ण रहेको छ । माक्र्सवाद इतिहास विज्ञानको महान् खोज थियो । वर्गसङ्घर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरूद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पुँजीवादी नारालाई अलङ्कृत गर्नु थियो ।
त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातिय तत्वलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पुरा जोड दिएका थिए । माक्र्स–एङ्गेल्सले ती सबका विरूद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरूद्ध वर्गसमन्वय, बालिक मताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्से विकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुशरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरूद्ध शुद्ध जनवादको पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।
आधुनिक संशोधनवादको सुत्रपात मुख्यतः खु्रश्चेवबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको विरूद्ध भीषण हमला बोल्दै रूसमा पुँजीवादको स्थापना ग¥यो । खु्रश्चेवदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद, सामाजिक फासीवादका रूपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कामरेड माओत्सेतुङ्ले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्काेतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्र्थापना रोक्नको लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान् १० बर्से सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो ।
चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बीचबाट गुर्जंदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घट्नाहरू घटिसकेका छन् । सारमा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतङ्कवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खुश्चेवभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्त समेत अङ्गाल्न पुगेका छन् र आज संशोधनवाद नवसंशोधनवादमा विकास गरेर नाङ्गो पुँजीवादमा समेत गिर्न पुगेको छ ।
हामीले संञ्चालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तःसङ्घर्ष र दुईलाइन सङ्घर्षको अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बिचको यो भीषण लडाइँँ आज आएर एकातिर माक्र्सवाद–लेनिनवाद–माओवाद र अर्काेतिर शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावाद बिचको लडाइँँमा अभिव्यक्त हुन पुगेको छ । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको माक्र्सवाद र संशोधनवादका बिचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्काेतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बिचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो ।
यसरी आज माक्र्सवाद र नवसंशोधनवाद बिचको सङ्घर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावाद बिचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।
क्याटेगोरी : बिचार



















प्रतिक्रिया