Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

युरो २०२४ पछि फुटबलबाट सन्यास लिने टोनी क्रुसको घोषणा


जर्मनीका मिडफिल्डर टोनी क्रुसले युरो २०२४ पछि व्यावसायिक फुटबल करियरबाट सन्यास लिने घोषणा गरेका छन् ।

मंगलबार स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले जुनदेखि सुरु हुने युरोपियन च्याम्पियनसिपपछि क्रुसले फुटबल करियरबाट सन्यास लिने जनाएको हो ।

सन् २०१४ देखि रियाल मड्रिडबाट खेल्दै आएका क्लबबाट कुल ४४३ खेल खेलेका छन् । यसक्रममा उनले रियाल मड्रिडसँगै २२ उपाधि जिते । ३४ वर्षीय रियाल मड्रिडबाट २८ गोल र ९८ असिस्ट गरेका छन् । सन् २०१४ मा जर्मनीले विश्वकपको उपाधि जित्दा क्रुस टिमका महत्त्वपूर्ण सदस्य थिए ।

उनले यसअघि सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर, २०२४ को युरोपियन च्याम्पियनसिपअघि उनले यसै वर्ष फेब्रुअरीमा सन्यास फिर्ता लिएका थिए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट