Techie IT
Samayabaddha
शनिबार, २१ असार, २०८२

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जनाको मृत्यु


मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राती बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।

प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारहरूलाई भने, ‘मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।’

बन्दुकधारीहरूले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् ।     स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीहरूले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए ।

सशस्त्र आक्रमणहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरणहरू भएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट