रियल म्याड्रिडले जित्यो १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि
	
				
			स्पेनिस क्लब रियल म्याड्रिडले १५ औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेको छ।
लन्डनस्थित बेम्ब्ली स्टेडियममा शनिबार राति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले हराउँदै रियलले १५ औँ पटक कीर्तिमानी उपाधि उचालेको हो।
च्याम्पियन्स लिगमा रियलपछि एसी मिलानले ७ पटक उपाधि जितेको छ।
रियललाई उपाभि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भयो।
खेलको ७४ औा मिनेटमा कार्भाजालको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ८३ औं मिनेटमा भिनिसियस जुनियरले अग्रता दोब्बर पारे।
डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ। पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो। त्यो बेला डर्टमुण्ड, बायर्न म्युनिखसँग २–१ ले पराजित भएको थियो।
क्याटेगोरी : खेलकुद


				
				
				
				
				
				















प्रतिक्रिया