Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

एसबिआई मर्चेण्ट बैंकिङको नयाँ सेवा


नेपाल एसबिआई मर्चेण्ट बैंकिङले प्रदान गर्दै आएका विभिन्न सेवाहरु थप नयाँ स्वरुपमार्फत प्रवाह गर्न लागेको छ । नयाँ स्वरुप अन्तरगत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्य अगाडि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागेको बताइएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङले विश्वसनीय, व्यावसायिक र ग्राहक–केन्द्रित विश्वस्तरीय मर्चेण्ट बैंकिङ र लगानी बैंकिङ सेवा प्रदान गर्दै नेपालमा सबैभन्दा राम्रो लगानी बैंकिङ सेवा प्रदायक हुने दृष्टिकोणका साथ अघि बढेको बताइएको छ । गुणस्तरीय सेवा, पारदर्शिता, नैतिकता, शिष्टता र सभ्यता तथा धैर्यतालाई आत्मसाथ गरी ग्राहकमैत्री सेवालाई थप विशिष्ट बनाइएको समेत जनाइएको छ ।

भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच साझेदारी भएसँगै प्रमुख लक्ष्य परियोजनामा लगानी, नेपालका व्यापारिक संघ संस्थासँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवाहरु प्रवाह गर्ने लक्ष्य कम्पनीले लिएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट