Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

संसदमा बोल्न रविलाई २५ मिनेट, अरुलाई कति ?


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ।

बैठकमा संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेदेखि स्वतन्त्र सांसद महारवी पुनसम्मले सम्बोधन गर्ने तय भएको छ।

पहिलो बैठक भएकाले सबै दलका प्रमुख नेताले सम्बोधन गर्नेछन्। नेपाली कमयुनिष्ट पार्टीका तर्फबाट भने संसदीय दलका नेता प्रचण्डले नबोलेर वर्षमान पुनले बोल्ने तय भएको छ।

झण्डै दुईतिहाइ सांसद रहेको रास्वपाका सभापति लामिछानेलाई संसद सचिवालयले २५ मिनेटको समय निर्धारण गरेको छ। ४० मिनेटको समय छुट्याइए पनि लामिछानेले २५ मिनेट भए पुग्ने बताएका थिए।

नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बेलाई बढीमा १० मिनेटको समय तोकिएको छ। कांग्रेसले संसदीय दलको नेता छानिसकेको छैन।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ लाई बढीमा ८ मिनेट, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङ, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र स्वतन्त्र सांसद महावीर पुनलाई बढीमा ७ मिनेटको समय निर्धारण गरिएको संसद सचावलयले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट