Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

सुनको मूल्य लगातार बढ्दै


काठमाडौं, २६ पुस । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला आठसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलाको आठसय नै बढेको हो।

मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो सुनको मूल्य तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँ थियो। गएको बुधबार पनि सुन तोलामा पाँचसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट