Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

सेयर बजार दोहोरो अङ्कले घट्यो


काठमाडौं, २७ माघ । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स २.२५ अंकले घटेर ४५२.२१ विन्दुमा पुगेको छ।

यसदिन ३०५ स्क्रिप्सको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले घट्यो।

सुपर मादी हाइड्रोपावरको सेयर ९.९१ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ६.०६ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६.०२ प्रतिशतले बढ्यो। यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३१ अर्ब बराबरको सेयर कारोबार भयो।

सीईडीबी होल्डिङ्सको ३० करोडको कारोबार हुँदा सेन्ट्रल फाइनान्सको २० करोड,नेपाल रिइन्स्योरेन्सको १५ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६९ स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। आज चारवटा समूहको उपसूचकबाहेक अन्यक सूचक नकारात्मक देखिएका छन्।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट