Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौं, २८ माघ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार आठ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ९६ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो। आज ३२२ वटा धितोपत्रको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट