Techie IT
Samayabaddha
बुधबार, १९ कात्तिक, २०८२

सेयर बजारमा ११ अर्बको कारोबार


काठमाडौं, १२ फागुन । सेयर बजारमा आज पनि ११ अर्बको कारोबार भएको छ। आइतबार पनि ११ अर्ब बढीको कारोबार भएको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेको छ। आज पनि २ करोड बढी कित्ता सेयर बिक्री हुँदा अघिल्लो दिनकै हाराहारीमा कारोबार भएको हो।

आज ९२ वटा सेयर बढ्दा, १४३ वटा घटे भने ९ वटा अघिल्लो मूल्यमै कारोबार भए। यीमध्ये गार्डियन माइक्रोलाइफको सेयर १० प्रतिशतले नै बढेको छ। यसबाहेक अन्य कम्पनीको ९.४७ प्रतिशतसम्म बढेको छ।

धेरै घट्नेमा विन नेपाल लघुवित्त अगाडि छ। कम्पनीको १० प्रतिशतले मूल्य घटेको छ। कारोबारतर्फ आज हिमालयन रिइन्स्योरेन्सको ८९ करोडको, नेपाल पुनर्बीमाको ८० करोडको, एनआरएनको ४४ करोडको कारोबार भएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट