Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपीयन युनियनसँग जवाफी आयातकर असुल्ने बताएका छन् । युरोपीयन युनियनले २८।३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफुहरुले पनि ट्यारिफ लगाउने ट्रम्पले उदघोष गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘हामीसँग जुन सुकै शुल्क लिइन्छ, हामी उनीहरुसँग असुल्नेछौं ।’ उनले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टील, आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपीयन युनियनले जवाफी ब्लकको घोषणा गरेको छ ।

क्यानाडाले समेत कुनै पनि अमेरिकी सामान आयातमा जवाफी उपायको घोषणा गरेको छ । जसमा क्यानाडाले २० बिलियन अमेरिकी डलरमाथिको सामानमा दोहोरो अंकको ट्यारिफ लगाउने भनेको छ ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले समेत ट्रम्पको आयातकर अडानलाई लिएर आफुहरु सबै विकल्पहरु टेबलमा राखेर बसिरहेको प्रतिक्रिया दिएका छन् ।

भन्सार शुल्क अर्थात् ट्यारिफ ट्रम्पको समग्र आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको छ । उनले यसैबाट अमेरिकी विनिर्माणलाई बढावा दिने र रोजगारी प्रवद्र्धन गर्ने विश्वास लिएका छन् । तर, आलोचकहरु यसले महँगी चुलिने र अमेरिकी उपभोक्ता समेत मारमा पर्ने टिप्पणी गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट