Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले घट्यो


काठमाडौं, २२ चैत । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार रेकर्ड बनाएको सुनको मूल्य आज एकैदिन तोलामा ३९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि एकैदिन तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट