Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार शुल्क कम गर्न विश्व समुदायको प्रयास


अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्नका विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेका उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुनेभन्दै विभिन्न देशले यसबारे वार्ता गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । तर आफ्ना नीतिहरू कहिल्यै परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ ट्रम्प अडिग रहेको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले पहिलेभन्दा केही मूल्य बढे पनि भन्सार शुल्कले ठूलो मूल्य वृद्धि नगर्ने कुरामा जोड दिएका छन् । केही देशले प्रतिरोध स्वरुप करको बदला कर नीति अवलम्ब गरेकामा पनि ट्रम्प प्रशासनले चेतावनी दिँदै आएको छ ।

अमेरिकामा उत्पादनहरू बेच्ने विश्वभरका देशहरूले अमेरिकालाई ठगिरहेका आरोप लगाउँदै ट्रम्पले लामो समयदेखिको यो गलत अभ्यास सुधार्ने माध्यमका रूपमा भन्सार शुल्कलाई हेरिएको दाबी गरेका छन् । तर धेरै अर्थशास्त्रीले भन्सार शुल्क वृद्धिको असरका रुपमा उपभोक्ताहरूले पनि मूल्य वृद्धिको सामना गर्नुपर्ने बताइरहेका छन् । यस्तै व्यापार र उत्पादनसम्बन्धी अनिश्चितताले विश्व बजारहरूमा अन्योलता छाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट