Techie IT
Samayabaddha
शनिबार, १९ पुस, २०८२

व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन, आर्थिक मन्दीको सम्भावना बढ्यो


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गएको महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको छ ।

इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट ९आईएसएम० को उत्पादन सूचकाङ्क अप्रिलमा ४८ दशमलव ७ प्रतिशतमा झरेको छ ।

अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरूमा धेरै देशविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर चीन बाहेक अरु देशमा तत्कालका लागि करको स्थगन भएको थियो ।

राष्ट्रपति ट्रम्पले चीनमा कर वृद्धिलाई १४५ प्रतिशतसम्म पुर्‍याएका छन् । करको अस्थायी स्थगनपछि के हुने भन्ने अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।

जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ । यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले अधिक कर्मचारी कटौतीले बजारमा अस्थिरता छाएको बताएका छन् । यस्तै माग र उत्पादनको सन्तुलन पनि नमिलेको उनको भनाइ छ ।

उत्पादनमूलक कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन् । यही अवस्थामा मूल्य पनि बढेकाले आर्थिक मन्दी वृद्धि हुने सम्भावना देखिएको खबरमा उल्लेख छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट