सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो

काठमाडौं, ३० वैशाख। नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ ।
सोमबार एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर एकहजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया