Techie IT
Samayabaddha
बुधबार, १ जेठ, २०८२

एनआईसी एसिया बैंक डुब्दैछ: बैंक अगाडि भीड


काठमाडौं, ३१ वैशाख । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जाल र जनसराेकारका विषयमा आएका तथ्यका कारण एनआईसी एसिया बैंकका विभिन्न शाखामा सेवाग्राहीको भीड देखिएको छ । बैंक डुब्न लागेको भन्दै पैसा झिक्न सेवाग्राही मंगलबार विगतमा भन्दा थप लामबद्ध भएका छन् । बैंकको खातामा रहेको रकम निकाल्न खोज्दा केही स्थानमा बैंकले ढिलो प्रक्रिया अपनाएको वा झिक्न नदिएको आरोप सेवाग्राहीले लगाएका छन् ।

“पैसा झिक्न गएकाहरु रिसाएका छन्, किनभने बैंकले सीधै पैसा दिन मान्दैन,” एक सेवाग्राहीले बताए । केही खातावालाहरुले आफ्नो जम्मा गरेको रकम नदिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

एनआईसी एसिया बैंकले आफूहरूद्वारा गरिएको सबै बैंकिङ कारोबार नियमनबमोजिम रहेको भन्दै अनावश्यक हल्लाबाट नआत्तिन सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकका एक प्रवक्ताले भने, “हल्लामा पर्नु आवश्यक छैन, हाम्रो बैंकको वित्तीय अवस्था सुदृढ छ ।”

बैंकले धितो (collateral) राखेर कर्जा दिने, धितोको माध्यमबाट व्यापार गर्ने कार्यमा सक्रियता देखाउँदै आएको छ । तर, पछिल्लो समय उक्त अभ्यासमाथि पनि प्रश्न उठ्न थालेका छन् । केही विश्लेषकहरू भन्छन्, “धितोको मूल्यांकनमा पारदर्शिता नहुँदा यस्ता बैंकहरू जोखिममा पर्न सक्छन् ।”

नेपाल राष्ट्र बैंकले यस विषयमा हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट