Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख


काठमाडौं । महालेखा परीक्षक कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा आ.व. २०८०/८१ को कुल बेरुजु रकम ९१ अर्ब ५९ करोड ८८ लाख रहेको उल्लेख गरिएको छ ।  प्रतिवेदनमा ७ खर्ब ३३ अर्ब १९ करोड अद्यावधिक बेरुजु देखिएको छ।

लेखापरीक्षणबाट १४ अर्ब ६८ करोड ४१ लाख असुल भएको जानकारी दिइएको छ।

महालेखा परीक्षक तोयम रायाले बुधबार शितलनिवासमा वार्षिक प्रतिवेदन बुझाउने क्रममा सो बताएका हुन् ।

महालेखा परीक्षक रायाले नेपालको संविधान धारा ४१ बमोजिम कार्यसम्पादन गरी संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष महालेखा परिक्षकको ६२ औँ प्रतिवेदन पेस गरेका हुन्

रायाले अन्तर्राष्ट्रिय असल अभ्यासको समेत ख्याल गरी लेखापरीक्षण गरिएको बताए । यस पटक ५ हजार ७ सय ५९ वटा निकाय तथा कार्यालयहरूको लेखापरीक्षण गरिएको जनाइएको छ । त्यसमध्ये ३ हजार ७ सय २ कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको थियो ।

सोमध्ये सङ्घीय सरकारका कार्यालयमध्ये ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख, समिति र अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख बेरुजु रहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट