सेयर बजारमा १३ अंकको गिरावट
	
				
			काठमाडौं, ३१ वैशाख । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो दिन मंगलबार दोहोरो अंकले घटेको नेप्से आज पनि सोही अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ३२८ अंकले घटेर ४४१.४४ विन्दुमा अडिएको छ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१५ स्क्रिप्सको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँमा खरिदबिक्री भए।
अघिल्लो दिन मंगलबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
यसदिन ओम मेघाश्री फरमाक्युटिकल्स,नेपाल माइक्रो इन्स्योरेन्स र बराही हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले घट्यो। कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
युनिभर्सल पावरको ५१ करोड ४९ लाख, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोड ३२ लाख,नगदी ग्रुपको ४८ करोड ५१ लाख र लु्म्बिनी विकास बैंकको ३५ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ६२ स्टक्सको मूल्य बढ्दा १८३ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचक बढ्दा अन्यको भने घट्यो। डेभलपमेन्ट बैंक र अदर्श समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिए।
क्याटेगोरी : अर्थ


				
				
				
				
				
				
















प्रतिक्रिया