Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

स्मार्टच्वाईस टेक्नोलोजिज(SCT) र सालपा विकास बैंकबिच SCT-UPI कार्डजारी गर्नका लागि सम्झौता


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्रप्राप्तसंस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT)र नेपाल राष्ट्र बैंकको ‘ख’वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंक लिमिटेडबिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

वैशाख २३, २०८२ मा स्मार्टच्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री योगेन्द्र पुनले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएकोछ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि SCT-UPI कार्ड लिन सक्ने छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट