Techie IT
Samayabaddha
शनिबार, १९ पुस, २०८२

नेप्से परिसूचकको ओरालो यात्रा जारी, ७.३७ विन्दुले घट्यो


काठमाडौं, १ जेठ । नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि जारी रह्यो। यस दिन नेप्से सूचक ७.३७ विन्दुले घटेर २६१२.८९ अंकमा अडिएको छ।

यसदिन ३२० स्क्रिप्सको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँमा खरिदबिक्री भए। ओम मेघाश्री फरमा क्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

आज होटेल तथा पर्यटन समूहमा राम्रो वृद्धि देखिएको छ। यस साता सूचकसँगै दैनिक कारोबार रकममा पनि ह्रास देखिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट