सुनको मूल्य तोलमा तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं, २ जेठ । नेपाली बजारमा आज सुनको मूल्य अत्याधिक बढेको छ।
आज सुन तोलामा तीन हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया