ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्कासन गर्ने
	
				
			काठमाडौं, ५ जेठ । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा जेठ १९ गते हुने कम्पनीले जनाएको छ ।
यो अवधिमा अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि जेठ २८ गतेसम्मका लागि लम्बिने जानकारी दिइएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट निर्माण गरिएको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : अर्थ


				
				
				
				
				
				
















प्रतिक्रिया